डोटेली भाषामा नागरिक बडापत्र 

२०८१ पौष १८ बिहीबार १०:३४:०० मा प्रकाशित


जिल्ला मालपोत कार्यालय डोटीमा पहिलो पटक डोटेली भाषामा तयार गरिएको अडियो बडापत्रको सुरुवात गरिएको छ । सरकारी कार्यालयले दिने सेवा सुविधा, लाग्ने शुल्क, समयलगायतबारे जानकारी दिन बडापत्र राख्ने गरिन्छ । सोही बडापत्र डोटेली भाषामा रेकर्ड गरि सुनाउन थालिएको हो ।

स्थानीय भाषाको अडियो बडापत्रले सुशासन कायम गर्नका साथै सेवाग्राहीलाई सेवा लिन थप सहज हुने मालपोत अधिकृत प्रेमबहादुर माझीले बताउनुभयो । सबै सेवाग्राहीलाई मालपोत कार्यालयबाट दिइने सेवासुविधाबारे जानकारी नहुने भएकाले स्थानीय भाषामा अडियो बडापत्रको सुरुवात गरिएको हो ।