नवीन : सागर आत्मसृष्टि र जनदृष्टि पुस्तक विमोचन
नवलपरासी पूर्व । नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले महको गुणस्तर कायम गर्नका लागि गुणस्तर नियन्त्रण गर्नका लागि कृषि मन्त्रालयले काम गर्ने बताउनुभएको छ । नवीन : सागर आत्मसृष्टि र जनदृष्टि पुस्तक लोकार्पण एवं नवीनसागर स्मृती मौरी उद्यम पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै कृषि मन्त्री अधिकारीले आफू मौरी किसानहरुका समस्या न्यूनिकरणका लागि तयार रहेको बताउनुभएको छ ।
स्व. नविन सागर उपाध्यायको स्मृती ग्रन्थ नवीन सागर आत्मसृष्टि र जनदृष्टि पुस्तकको लोकार्पण मन्त्री अधिकारीले गर्नुभयो । मन्त्री अधिकारीले १० वर्षपछि नविन सागरजीलाई सम्झेर गरिएको कार्यक्रममा समुदायले देखाएको सम्मानले उहाँ सामाजिक क्षेत्रमा अनुकरणीय र सम्मानीत व्यक्ति भएको बताउनुभएको छ । अहिलेको सरकारलाई जनउत्तर दायी बन्न कुनै छुट नभएको बताउनुभएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री महेन्द्रध्वज जिशी, संविधान सभा सदस्य रामजीप्रसाद शर्मा, संविधान सभा सदस्य कृष्णप्रसाद पौडेलले स्व. नविन सागर उपाध्यायको राजनीतिक तथा सामाजिक क्षेत्रको योगदानको चर्चा गर्नुभएको थियो । यस्तै राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष एवम् शिक्षा मन्त्रालयका पूर्व सचिव डा. महाश्रम शर्माले स्व. नविनसागर सुवेदीले शैक्षिक क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो ।
नेपाल संस्कृत विश्वविद्यालय दाङका प्राध्यापक डा. गुरुप्रसाद सुवेदीले स्व. नविनसागर सुवेदीको स्वभाव महकोजस्तै बहुगुण रहेको हुँदा उहाँ समाजको प्रिय पात्रको रुपमा परिचित रहनुभएकोे बताउनुभयो ।
नेपाल मौरीपालक महासंघका पूर्व अध्यक्ष सञ्जीव पोखरेलले महव्यवसायका चुनौती र संभावनाका बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा नवीन सागर स्मृती मौरी उद्यम पुरस्कारबाट चितवन रत्ननगर निवाशी मौरी उद्यमी गिता देवकोटा र कैलाली गौरीगंगा नगरपालिका निवाशी मौरी उद्यमी मोहनराज खनाललाई सम्मान गरिएको छ ।
कार्यक्रममा गैँडाकोट नगरपालिका नगरप्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति देवी कोइराला, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनप्रसाद सापकोटा, साविक गैँडाकोट गाविसका ओमप्रसाद सापकोटा, नेपाल सरकारका पूर्व सहसचिव शुक्रकुमार प्रधान लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
पुस्तक लोकार्पण कार्यक्रममा कालिका संस्कृत विद्यापीठका प्राध्यापक डा. केशव चालिसेले पुस्तकको समिक्षा गर्नुभएको थियो भने पुस्तकका प्रधानसम्पादक साहित्यकार गोविन्दराज विनोदीले सम्पादकीय मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरुलाई भीमप्रसाद शर्माले स्वागत गर्नुभएको थियो । स्व. नविन सागरका ज्येष्ठ सुपुत्र दयासागर सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई सफल पार्न सहयोगी सबैलाई सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।