जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा बद्रीनाथ नेपाल निर्वाचित
नवलपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पूर्वी नवलपरासीको अधिवेशनले बद्रीनाथ नेपाल –कल्हुवा मध्यवर्ती साकोस) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा श्रीहरि चालिसे (किसान साकोस), सचिवमा शालिक राम कोइराला –पौरखी साकोस ), कोषाध्यक्षमा राम प्रसाद काफ्ले –नव प्रतिभा साकोस), सहसचिवमा नारायण प्रसाद पौडेल –मध्य नेपाल साकोस) सर्वसम्मत चयन हुनुभएको निर्वाचन समिती सदस्य एवं जिल्ला सहकारी संघ नवलपुरका सचिव श्याम सुन्दर लामिछानेले जानकारी दिनुभयो ।
यस्तै सदस्यहरुमा राधा ढकाल (नयाँ बेलहानी महिला साकोस), रूपा तिवारी (नारायणी साकोस), दुप नारायण पौडेल (संजीवनी साकोस), बाबुराम कंडेल (सृजनशील साकोस), दिपा देवी सापकोटा (सुर्यदिप महिला साकोस), ऋषि राम लम्साल (महाराजा साकोस), डोलराज पाण्डे (त्रिनेत्र साकोस), सीता गहतराज (वेणी महिला साकोस) चयन हुनुभएको छ । यस्तै लेखा सुपरीवेक्षण समिति संयोजकमा रामचन्द्र धिताल (मुकुन्दपुर साकोस) र सदस्यहरुमा हर्क बहादुर भुजेल (स्वतन्त्र भू पू सैनिक साकोस) र टिका बहादुर कार्की (गौरी शंकर साकोस) निर्विरोध निर्वाचित हुनुभएको लामिछानेले जानकारी दिनुभयो ।
यसैबीच यसअघि भएको ३० औ साधारणसभामा नेफ्स्कूनका अध्यक्ष चन्द्र ढकालको कार्यक्रममा बोल्दै सरकारले ल्याएको सहकारी अध्यादेशमा साकोसले गर्ने कारोबार संकुचनको बारेमा चिन्ता व्यक्त गर्र्नुभयो । साथै आगामी दिनमा यस विषयमा नेफ्स्कूनले शसक्त रूपमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीले बचत संघ र नेफ्स्कूनको साझेदारी कार्यक्रमलाई अगाडी बढाउदै सहकारी अभियानलाई अझै शसक्त भूमिका सहित अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो।
निर्वाचन समितिमा संयोजक खेमराज सापकोटा, सदस्यहरुमा श्याम सुन्दर लामिछाने र प्रदिप राज घिमिरे रहनुभएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेडका संचालक सदस्य होम नाथ जैसी, नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारी, नेफ्स्कूनका संचालक सदस्य गोपाल प्रसाद गौतम, जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष तिलक प्रसाद पराजुली लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।
उद्घाट्न शत्र जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका कार्यवाहक अध्यक्ष बद्रीनाथ नेपालको अध्यक्षताभएको थियो भने सहजीकरण सचिव देवराज पौडेलले गर्नुभएको थियो ।
यसैबिच नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ पनि गराइएको छ ।