बालकुमारी  कलेजमा बैज्ञानीक लुइश पास्चरको सम्झनामा कार्यक्रम 

२०८१ पौष १४ आइतबार १२:२५:०० मा प्रकाशित

चितवन । बालकुमारी  कलेज नारायणगढ बिज्ञान सङ्कायमा वरिष्ठ माईक्रोबायोलोजी एवम बैज्ञानीक लुइश पास्चर  को सम्झनामा शुक्रबार एक कार्यक्रम सम्पन्न भएको छ।

बिज्ञान सङ्कायका कार्यक्रम प्रमुख अनुप मुनी बज्रचार्यको अध्यक्षतामा सञ्चालन कार्यक्रममा कलेजका प्रिन्सिपल जगदीश्वर खनाल, भाइस प्रिन्सिपल डा. गुणराज छेत्री  , अनन्त ढुंगाना एवम् बिज्ञान सङ्कायका सम्पूर्ण शिक्षक लगयत प्रथम बर्ष देखी चौथो बर्ष सम्मका विद्यार्थीको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख वक्ताका रुपमा माइक्रोबायोलोजिस्ट समाज ईन्डिया का वरिष्ठ प्रोफेसर डाक्टर अर्विन्द देशमुखले माईक्रोबायोलोजी बिषयको महत्व र अवसर हरुका बारेमा प्रकाश पार्नु भएको थियो।
साथै बिज्ञान सङ्कायका कार्यक्रम प्रमुख अनुप मुनी बज्रचार्यले लुइश पास्चरको योगदान बिषयमा प्रकाश पर्नु भएको थियो।

कलेजका प्रिन्सिपल श्री जगदीश्वर खनालले कार्यक्रमका प्रमुख वक्ता प्रोफेसर डा. देशमुख लगायतलाई धन्यवाद ज्ञापन गर्दै माईक्रोबायोलोजी र वातावरण बिज्ञान बिषय अध्ययन गराउने बालकुमारी कलेजमा सैद्धान्तिक एवम् प्रयोगात्मक कक्षा  सञ्चालनका लागि सधैं अग्र पङ्तिमा रहेको जानकारी गराउनुभयो। 

साथै बालकुमारी कलेजमा किताबी ज्ञान् मात्र नभई बिबिध मध्यमबाट विद्यार्थीहरुलाइ अध्यन अध्यापन गराइएको उहाँले प्रष्ट पार्नु भयो।