गैँडाकोटमा ज्येष्ठनागरिकहरुलाई अधिकार र स्वस्थ जीवनशैली सचेतना प्रदान ।
नवलपरासी पूर्व । सभ्य समाजको आधार, ज्येष्ठ नागरिकमैत्री घरपरिवार नाराका साथ राष्ट्रिय ज्येष्ठ नागरिक दिवश २०८१ मनाइएको छ । सामाजिक विकास कार्यालय कावासोतीको आयोजना, गैँडाकोट नगरपालिका र ज्येष्ठ नागरिक नगर संघ गैँडाकोटको समन्वयमा बिहीबार हर्कपुर जनता माविको सभाहलमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला, उच्च अदालतका पूर्वन्यायधिश ऋषिराम अधिकारी, जिल्लाका सबै पालिकाका प्रतिनिधित्व हुने गरि १५० जनाको उपस्थिति रहेको थियो । सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका डा. आजाद पुरीले स्वास्थ्य जीवनशैली कसरी बनाउन सकिन्छ भन्ने सन्दर्भमा सचेतना प्रदान गर्नुभएको थियो । पूर्व न्यायधिश ऋषिराम अधिकारीले ज्येष्ठ नागरिकको विधान र कामकर्तव्यका बारेमा जानकारी दिनुभयो । गैँडाकोट ज्येष्ठनागरिक नगर अध्यक्ष मुक्तिनाथ न्यौपानेले स्वागत मन्तव्य व्यक्तगर्दै ज्येष्ठ नागरिकहरुको हक अधिकारका बारेमा सबै पालिकाहरुले संवेदनशील भएर काम गर्न सुझाब दिनुभयो । ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष श्यामसुन्दर भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गैँडाकोट १२ की ९८ वर्षकी ज्येष्ठ नागरिक टिकादेवी पाध्या लामिछानेलाई सम्मान गरिएको थियो ।