भोलीदेखि झन् चिसो बढ्ने ।

२०८१ पौष ११ बिहीबार २०:५४:०० मा प्रकाशित

नवलपरासी पूर्व । पश्चिमी न्यून चापीय प्रणालीको कारण शुक्रबारको साँझबाट नेपालको धेरै स्थानहरुमा आंशिक देखि साधारणतया मौसम बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबा दिउँसो देखि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरुमा तथा गण्डकी प्रदेश, बाग्मति प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ । उक्त मौसम प्रणालीका कारण तापक्रमसमेत घट्न गइ चिसो बढ्ने सम्भावना रहेको छ । चिसो बढ्ने संभावना रहेको कारण महाशाखाले दैनिक जीवन, स्वास्थ्य, पर्वतारोहण, हवाइ तथा यातायात लगायत दैनिक जनजीवनमा असर पर्न सक्ने भएको आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन आग्रह गरेको छ ।