विजय सामुदायिक शिक्षा सदनका विद्यार्थीले लिए एथलेटिक्स प्रशिक्षण
गैँडाकोट । विजय सामुदायिक शिक्षा सदनका विद्यार्थीले आज एथलेटिक्स प्रशिक्षण लिएका छन । बिद्यालयमा नवलपुर जिल्लाका एथलेटिक्स प्रशिक्षक सुरेन्द्र थनेतले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा विजय सामुदायिक शिक्षा सदन कक्षा ६,७ र ९ का विद्यार्थीहरु सहभागी भएका थिए ।
विद्यार्थीले १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ५०० मिटर दौड, १५०० मिटर दौड साथै साथै रिले दौड, जम्पिङ लगायतका विषयमा जानकारी पाएका विद्यालयका प्राचार्य चक्रधर पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष एवम् वर्तमान समिति सदस्य टिकाराम कंडेल, विद्यालयका बक्सिङ कोच दल बहादुर राना, बक्सिङ कोच केशव पौडेल लगायत विद्यार्थी, शिक्षक र सरोकारवाला को सहभागिता रहेको थियो