माओवादी केन्द्र गैँडाकोट नगर कमिटिले बिबिध कार्यक्रम गरि मनायो माओ दिवस
गैँडाकोट । नेकपा (माओवादी केन्द्र) गैँडाकोट नगर कमिटिले आज बिबिध कार्यक्रम गरि माओ दिवस मनाएको छ । गैँडाकोट ५ स्थित नगर पार्टी कार्यालयमा कार्यक्रम गरि माओ दिवस मनाएको नगर अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
विश्व सर्वहारा वर्गको नेता, दार्शनिक र चिनिया कम्युनिष्ट पार्टीका नेता समेत रहेका माओ सेत्तुङको १ सय ३२ औ जन्मजन्यतीको अवसरमा उहाँलाई सम्झदै श्रद्धा सुमन अर्पण गरिएको अधिकारीले बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशका उपाध्यक्ष मित्रशरण शर्मा (विहानी)ले नवनिर्वाचित कमिटिले माओको सिद्धान्तलाई अनुसरण गरेर अगाडी बढ्न सुझाव दिनुभयो ।
गण्डकी प्रदेश सदस्य तथा गैँडाकोट नगर इन्चार्ज कृष्ण सागर भट्रराई, प्रदेश कमिटि सदस्य वडाध्यक्ष गोपि कँडेल, प्रदेश कमिटि सल्लाहकार बलराम चालिसे, दुर्गादत्त ढुङ्गाना, प्रदेश परिषद सदस्य टुकादेवि शर्मा (तारा), भोजराज सुवेदी, निवर्तमान नगर अध्यक्ष युवराज रिमाल, महिला नेतृ लक्ष्मी खाँड, जिल्ला, नगर कमिटि पदाधिकारी र सदस्यहरु, वडा कमिटि अध्यक्ष, सहिद परिवार लगायत बिभिन्न मोर्चाका सदस्यहरुको उपस्थिती रहको थियो ।
कार्यक्रमको सहजिकरण सचिव अर्जुन पोखरेलले गर्नुभएको थियो ।