सहकारी ठगीमा संलग्न सबैमाथि छानबिन हुन्छ ः पृथ्वीसुब्बा गुरुङ ।

२०८१ पौष १० बुधबार १९:३६:०० मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सहकारी ठगीमा संलग्नलाई कुनै दलमा आबद्ध भएको कारण छाड्न नसकिने बताउनुभएको हो । मुलुकको सुरक्षा, आर्थिक विकास समृद्धिका लागि सरकारले काम गर्नुपर्ने उहाँले बताउनुभयो । एआईको प्रयोगसम्बन्धी पोलिसी ल्याएर त्यसलगत्तै कानुन निर्माण गर्ने जानकारी समेत उहाँले दिनुभएको छ । आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने उहाँको भनाइ छ ।