स्वास्थ्य व्यवसायी संघ गैँडाकोटमा घिमिरेको नेतृत्वको नयाँ कार्यसमितिले गर्यो पदभार ग्रहण
गैँडाकोट । स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर समिति इकाइको नवनिर्वाचित कार्यसमितिले सपथ ग्रहण गरेको छ । शनिबार गैँडाकोट फनपार्कमा आयोजना गरिएको एक कार्यक्रमका बिच इश्वरीप्रसाद घिमिरेको नेतृत्वको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो । निर्वाचन समितिका संयोजक एकनाथ मरासिनीले सपथ ग्रहण गराउनुभएको थियो ।
उद्योग बाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले स्वास्थ्य व्यवसायीले जिम्मेवार र गम्भीर भएर काम गर्नुपर्ने पेशा रहेको भन्दै व्यवसायीको हकहितमा गर्ने काममा आफुहरुले सक्दो सहयोग गर्ने बताउनुभयो ।
समूहको विधान अनुसार निर्वाचन समितिले पाँच जना पदाधिकारी , लेखा समिति संयोजक सहित दुइ सदस्य र ८ कार्यसमिति सदस्यहरु चयन गरेको हो ।
स्वास्थ्य व्यवसायी संघको चाहना स्वस्थ नगरवासी हाम्रो परिकल्पना भन्ने मुख्य नाराका साथ स्वास्थ्य व्यवसायी संघ गैडाकोट नगर इकाईको नवनिर्वाचित समितिको अध्यक्षमा ईश्वरीप्रसाद घिमिरे ,उपाध्यक्षमा अनिता घिमिरे ,सचिवमा खुमनाथ शर्मा ,कोषाध्यक्षमा विनोद पौडेल, सहसचिवमा प्रकाश श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको थियो । त्यस्तै कार्यसमिति सदस्यमा गोपाल बहादुर शाही, रामचन्द्र आचार्य ,भागीरथी पोखरेल, सन्तोष ढकाल ,बाबुराम खनाल, भावना शर्मा ,शेरबहादुर मल्ल र चयन हुनुभएको थियो ।
त्यस्तै लेखा समिति संयोजकमा बिमल पौडेल चयन हुनुभएको छ भने सदस्यमा लक्ष्मण सिन्जाली र विनयराज न्यौपाने चयन हुनुभएको थियो । त्यस्तै संस्थाको कार्यदल संयोजकमा नारायण घिमिरे चयन हुनुभएको हो ।
पदाधिकारी तथा सदस्य चयन प्रक्रियाका लागि मरासनीको संयोजकत्वमा शारदा घिमिरे र विष्णुमाया दवाडी पौडेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
निर्वाचन समितिका संयोजक एकनाथ मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य नवनिर्वाचित उपाध्यक्ष अनिता घिमिरेले राख्नुभएको थियो ।