“गैँडाकोटमा सडक खराब भएकै कारण दुर्घटना बढ्यो”

२०८१ पौष ३ बुधबार ११:४३:०० मा प्रकाशित


गैँडाकोट । ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना निम्तिने गरेको छ । सडक दुर्घटनाबाट बच्नका लागि हामी आफै सतर्क रहन आवश्यक छ । दुर्घटना न्यूनिकरणका लागि ईलाका प्रहरी कार्यलय गैँडाकोटले के कस्ता कार्यहरु गर्दै आएको छ । ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना निम्तिने गरेको छ । पहिले भन्दा अहिले दुर्घटनाको अवस्था न्यून रहेको इलाका प्रहरी कार्यलय गैँडाकोटका प्रहरी निरिक्षक कमला नराल बताउँछिन् ।  


गैँडाकोट क्षेत्रभित्र सडक खराबकै कारण दुर्घटना हुने गरेकोे प्रहरीको भनाई छ । ट्राफिक नियमको पालना गराई दुर्घटना न्यूनिकरणका लागि प्रहरीहरू प्रयासरत रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक कमला नराल बताउँछिन् । उनि भन्छिन “दुर्घटना न्यूनिकरण गर्नका लागि विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको र  ठाउँ ठाउँमा ट्राफिक प्रहरीहरु खटिरहेको छ । सडक खराब भएकै कारण दुर्घटना बढ्यो ।”

सवारी साधन चलाउने चालकले नै संयम हुुुनुपर्ने उनको भनाइ छ । उनले भनिन “सवारी साधनलाई स्पिडमा नचलाउन, ट्राफिक नियमको पालना गर्न र प्रहरीले दिएको सल्लाह सुझावको पालना गरियोस भन्ने अपेक्षा गर्दछु ।” सडक दुर्घटनालाई न्युनिकरण गर्न प्रहरी मात्र हैन आम नागरीकहरु पनि सजक हुनुपर्छ । सडकमा भएका खाल्डाखुल्डी पुर्न एवम् ट्राफिक संकेत चिन्हहरु राखेर त्यसको पालना गर्नतर्फ सबैलाई जागरुक बनाउन आवश्यक छ ।

विजय खबर पत्रिकाबाट साभार