सौराहामा पौष ११ देखि चितवन हात्ती महोत्सव हुने ।

२०८१ पौष १ सोमबार १९:५८:०० मा प्रकाशित


चितवनको पर्यटकीय नगरी सौराहामा पौष ११ देखि १५ गते सम्म चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । हात्ती तथा पर्यटन महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुने आयोजकले जनाएको छ । आयोजक क्षेत्रीय होटल संघ चितवनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी पर्यटन महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी दिनुभएको छ । सौराहा सहित समग्र चितवनको पर्यटन विकासको लागि हरेक वर्ष सौराहामा हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिनुभयो । महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलबाट समुद्घाटन हुनेछ । महोत्सव अन्तर्गत हुने उल्लेखित विभिन्न गतिविधिमा सरकारी र निजी गरी करीव ८० वटा हात्ती सहभागी हुनेछन् ।