देउराली सामुदायिक वन ढोडेनीको उपाध्यक्ष पदमा सुमित्र मिश्र विजयी 

२०८१ कार्तिक ६ मंगलबार १७:५०:०० मा प्रकाशित

गैँडाकोट । देउराली सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट ३ को उपाध्यक्ष पदमा सुमित्र मिश्र विजयी हुनुभएको छ । उपाध्यक्ष पदमा सर्वसम्मत हुन नसकेपछि मंगलबार मतदानमार्फत उपाध्यक्ष चयन गरिएको हो ।

उपाध्यक्ष पदमा सुमित्र मिश्र र पार्वती रिमाल अधिकारीको उम्मेदवारी परेको थियो । मिश्र ९७ मतान्तरले विजयी हुनुभएको निर्वाचन समिति संयोजक सूर्यनाथ तिवारीले जानकारी दिनुभयो । 

मिश्रको पक्षमा १७५ मत र अधिकारीको पक्षमा मात्र ७८ मत परेको थियो । समूहका ३५५ मतदाता मध्ये २६० जनाले मतदान गरेका थिए । जसमा ७ मत बदर भएको थियो । 

समूहको २३ औं वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशनबाट समितिका अन्य पदमा भने सर्वसम्मत निर्वाचित भएका थिए ।   

समूहको अध्यक्षमा पुनः नरबहादुर मुक्मी मगर, सचिवमा कल्पना गुरुङ, कोषाध्यक्षमा कृष्णबहादुर विक, सहसचिवमा तिर्थराज अधिकारी सहित १९ सदस्य रहनुभएको छ ।