चितवनमा रास्वपाको प्रदर्शन, कार्यकर्ताले गरे वर्तमान सरकारको सांकेतिकरुपमा दाहसंस्कार

२०८१ कार्तिक ५ सोमबार १४:४१:०० मा प्रकाशित

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ता तथा रवि लामिछानेका समर्थकले चितवनमा सोमबार प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा रास्वपाका कार्यकर्ताले वर्तमान सरकारको दाहसंस्कार नै गरेका छन् ।

भरतपुरको चौबीसकोठीबाट सुरु भएको प्रदर्शनमा सांकेतिकरुपमा सरकारको शव बोकेर नारायणी नदीको मुलमाथिबाट नदीमा फालेर बगाइदिएका हुन् ।

सहकारी ठगीको आरोपमा रवि लामिछानेलाई फसाएर वास्तविक सहकारी ठगलाई उन्मुक्ति दिने काम वर्तमान सरकारबाट भएको उनीहरुको आरोप छ ।