उपाध्यक्ष पदमा मात्रै देउराली वनमा मतदान 

२०८१ कार्तिक ६ मंगलबार १७:०२:०० मा प्रकाशित

गैँडाकोट । उपाध्यक्ष पदमा सर्वसम्मत हुन नसकेपछि देउराली सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट ३ मा मंगलबार मतदानमार्फत उपाध्यक्ष चयन गर्न लागिएको छ । 

उपाध्यक्ष पदमा सुमित्रा मिश्र र पार्वती रिमाल अधिकारीको उम्मेदवारी परेको थियो । उपाध्यक्ष चयनका लागि आज मतदान भएको छ । समूहका ३५५ मतदाता मध्ये २६० जनाले मतदान गरेको निर्वाचन समिति संयोजक सूर्यनाथ तिवारीले जानकारी दिनुभयो । अपरान्ह साढे ४ बजेदेखी मतगणना समेत शुरु भएको छ ।   

समूहको २३ औं वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशनबाट समितिका अन्य पदमा भने सर्वसम्मत निर्वाचित भएका थिए ।  

समूहको अध्यक्षमा पुनः नरबहादुर मुक्मी मगर, सचिवमा कल्पना गुरुङ, कोषाध्यक्षमा कृष्णबहादुर विक, सहसचिवमा तिर्थराज अधिकारी लगायत सदस्य रहनुभएको छ ।