गैँडाकोटबाट ९२ वर्षिया टिकाराम पाध्या सम्पर्कबिहिन 

२०८१ कार्तिक १ बिहीबार १४:५५:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटबाट एक वृद्धा सम्पर्कबिहिन हुनुभएको छ । 

बागलुङ राङखानी ठेगाना भई गैँडाकोट ८ किसानचोक बस्दै आउनुभएका ९२ वर्षिया टिकाराम पाध्या बुधबारदेखी सम्पर्कबिहिन हुनुभएको हो । 

किसानचोकबाट ३० गते बुधबार मध्यान्ह करिब १२ बजेको समयमा भरतपुर छोरीको घर जान भनि हिड्नुभएका उहाँ ततपश्चात सम्पर्कबिहिन हुनुभएको हो । पछिल्लो समय उहाँ नगरपालिका आसपास देखिनुभएको परिवारजनले बताएका छन् । 

उहाँलाई देख्नुहुने महानुभावहरुले ९८६९४५८८९७ (छोरा गंगादत्त पौडेल) लाई वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन हुन परिवारजनले आग्रह गरेका छन् ।