नारायणी वनमा निर्वाचित समितिद्वारा शपथ ग्रहण, निर्वाचित अध्यक्षले भने “नारायणीको साख अझै बढाउँछु”

२०८१ भदौ ३१ सोमबार १७:०१:०० मा प्रकाशित


गैँडाकोट । नारायणी सामुदायिक वन उपभोक्ता समूहको नव निर्वाचित कार्यसमितिले सोमबार शपथ ग्रहण तथा पदभार ग्रहण गरेका छन् ।  निर्वाचन समिति संयोजक नारायण पौडेलले नव निर्वाचित पदाधिकारी, सदस्य तथा लेखा समितिलाई सपथ ग्रहण गराउनुभएको छ । समूहका निवर्तमान अध्यक्ष दिननाथ त्रिपाठीले नव निर्वाचित अध्यक्ष नेत्रराज सापकोटालाई माइन्युट हस्तान्तरण समेत गर्नुभएको छ ।

सो अवसरमा डिभिजन वन कार्यालय नवलपुरका प्रमुख, डिभिजनल अधिकृत वसन्तकेशव अधिकारीले निर्वाचित समितिलाई सामुदायिक वनको विधान अध्ययन गरेर कार्यसम्पादन तर्फ अग्रसर हुन सुझाब दिनुभएको छ । नारायणी सामुदायिक वनका नवनिर्वाचित अध्यक्ष नेत्रराज सापकोटाले निर्वाचनमा सहयोग पु¥याउने सबै पक्षलाई धन्यवाद ज्ञापन गर्नुभयो । नारायणी सामुदायिक वनको साख र गरिमालाई अझ उचाइमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । 


गैँडाकोट ७ का वडा अध्यक्ष होमनाथ सापकोटा, गैँडाकोट ६ का वडा अध्यक्ष शुभाष चापागाईं, वनका संस्थापक अध्यक्ष एवं सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटा, सवडिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सूर्यसिंह गुरुङ लगायतले शुभकामना व्यक्त गर्दै वनको हितमा लाग्न निर्वाचन समितलाई आग्रह गर्नुभयो ।