बाजागाजासहित कालिका नमुना माविमा शिक्षा दिवस

२०८१ असोज २ बुधबार १९:२२:०० मा प्रकाशित


गैँडाकोट । व्यवहारिक शिक्षालाई जोड दिउँ भन्ने अभिप्रायका साथ कालिका नमुना माध्यमिक विद्यालयमा बुधबार सांस्कृतिक कार्यक्रमका साथ शिक्षा दिवस मनाइएको छ । पछिल्लो समयमा शिक्षा लाई  किताबको ज्ञानमा मात्र नभई व्यवहारिक ज्ञानमा जोड दिएको पाइएको छ ।

शिक्षाले ज्ञान, विज्ञान, सिप, मौलिकता, उद्यम, साझेदारी, प्रणालीगत सिप, सक्षमता विकासमा जोड दिन्छ भन्ने नाराका अभिप्रायका साथ बुधबार शिक्षा दिवश मनाइएको हो । अब व्यवहारिक शिक्षाको समय रहेको विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले बताउनुभयो ।

पञ्चेबाजा सम्बन्धि कार्यक्रमले बालबालिकालाई ज्ञान दिने र पछि त्यही सम्वन्धि विद्यालयबाट सिप सिकाउने विद्यालयका अध्यक्ष गंगाधर सापकोटाले बताउनुभयो । विद्यार्थीहरुको इच्छा अनुसार कार्यक्रम गर्दा सिकाई उपलब्धी सहज प्राप्त हुने उहाँले बताउनुभयो ।