उत्कृष्ट प्रधानाध्यापक : नवराज सर र निर्मल सर

२०८१ असोज २ बुधबार १७:३६:०० मा प्रकाशित


गैँडाकोट । राष्ट्रिय शिक्षा दिवश २०८१ को अवसरमा गैँडाकोट नगरपालिका शिक्षा शाखाले उत्कृष्ट विद्यालय, उत्कृष्ट प्रधानाध्यापक र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ ।  सामुदायिक विद्यालय तर्फ उत्कृष्ट प्रधानाध्यापकका रुपमा रत्नराज्य लक्ष्मी माध्यामिक विद्यालय गँैडाकोट १० का प्रधानाध्यापक नवराज काफ्ले सम्मानित हुनुभएको छ । संस्थागत विद्यालय तर्फ स्मल हार्ट एकेडेमी गैँडाकोट ४ का निर्मल पाण्डे सम्मानित हुनुभएको छ । 


प्रधानाध्यापकले पढाउने पिरियड, विद्यार्थीको औसत सिकाइ उपलब्धी, शैक्षिक योजना निर्माण, शिक्षकको कक्षा अवलोकन बढीमा ४० वटा, विषयगत समितिको गठन परिचालन, शिक्षको योजना निर्माण, विद्यालय व्यवस्थापन समितिको शैक्षिक गतिविधि, गुनासो पेटिका, पाठ्यक्रमको कार्यघण्टा अनुसारको तालिका निर्माण लगायतका सूचकका आधारमा उत्कृष्ट प्रधानाध्यापक छनोट गरिएको हो ।