प्राज्ञिक विद्यार्थी परिषद् गैँडाकोटको एक दिवसीय अभ्यासवर्ग कार्यक्रम सम्पन्न 

२०८१ असोज २ बुधबार १८:३०:०० मा प्रकाशित

गैँडाकोट । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल गैँडाकोट नगर एकाइ समितिको एक दिवसीय अभ्यासवर्ग कार्यक्रम गैँडाकोटमा सम्पन्न भएको छ । 

जनक नमुना मावि गैँडाकोटमा भएको कार्यक्रममा बोल्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कँडेलले पार्टी र संगठन जुनसुकै भएपनि देशको हितमा हुनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीका लागि ज्ञान, शील र एकता नै महत्त्वपूर्ण रहेको बताउँदै त्यो दिलाउन प्राज्ञिक विद्यार्थी परिषद्ले वकालत गर्दै आएको बताउनुभयो । 

प्राज्ञिक विद्यार्थी परिषद् नेपालका गण्डकी प्रदेश संगठन सचिव नारायण तिमिल्सेनाले शिक्षामा सुधारका लागि, पठ्यक्रम निर्माणका लागि एवं विद्यार्थीमा जागरण ल्याउनका लागि परिषद्ले पहल गरिरहेको बताउनुभयो । २०५२ सालदेखी विद्यार्थीको समान विकासका लागि, क्षमता विकास, सीप विकास तथा शैक्षिक विकासका लागि सम्बन्धित निकायमा परामर्श गर्दै आएको उहाँको भनाई थियो ।  

प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी हवलदार युवराज तामाङले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 

कार्यक्रम संयोजक क्षितिज सुनारले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । सुजल पाण्डेले सहजिकरण गर्नुभएको कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल गैँडाकोट नगर विस्तारक महेन्द्र ढुङ्गाना प्राज्ञिक गीत प्रस्तुत गर्नुभएको थियो ।