उत्कृष्ट विद्यालय : जनक नमुना र गैँडाकोट ईंग्लीस स्कूल

२०८१ असोज २ बुधबार १७:२३:०० मा प्रकाशित


गैँडाकोट । राष्ट्रिय शिक्षा दिवश २०८१ को अवसरमा गैँडाकोट नगरपालिका शिक्षा शाखाले उत्कृष्ट विद्यालय, उत्कृष्ट प्रधानाध्यापक र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । सामुदायिक विद्यालय तर्फ जनक नमुना माध्यामिक विद्यालय र गैँडाकोट ईंग्लीस स्कूल उत्कृष्ट विद्यालयका रुपमा सम्मानित भएका छन् । 

गैँडाकोट नगरपालिका शिक्षा शाखाले शैक्षिक सत्र २०८० मा विद्यालयमा भएका क्रियाकलाप, सामाजिक परीक्षण, लेखापरीक्षण, शैक्षिक कार्यतालिका बमोजिमको बार्षिक कार्य योजना, विद्यार्थीलाई दिने सेवा, विद्यार्थीको सिकाई उपलब्धी लगायतका सूचकका आधारमा उत्कृष्ट विद्यालय छनोट गरिएको हो ।