नवलपरासीमा मनाइयो मोहम्मद जयन्ती

२०८१ भदौ ३१ सोमबार १६:२५:०० मा प्रकाशित


नवलपरासीमा मोहम्मद जन्मज्यन्ती धुमधामका साथ मनाइएको छ । आज विश्वभरिका मुस्लिम समुदायले ईस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १४९९ आंै जन्मज्यन्ती धुमधामका साथ मनाई रहेका बेला नवलपरासीका मुस्लिम धर्मावलम्बीहरुले परासी सदरमुकाममा बृहद जुलुस निकाली जयन्ती धुमधामका साथ मनाएका हुन् ।

राष्ट्रिय ओल्मा काउन्सिल नेपाल र मोहम्मद जयन्ती मुल समितिको संयुक्त नेतृत्वमा जिल्लाको सदरमुकाम परासी बजारमा एक भव्य जुलुस निकाली मोहम्मद जयन्ती मनाइएको हो ।