विजय एफएमको २१औँ वार्षिकोत्सव बुधबार, साइकल ¥याली गरिदैँ
![](https://vijayafm.org.np/uploads/news/images/455973237_907228878105154_3056031755519087149_n2024-08-20-04-36-41.jpeg)
गैँडाकोट । सामुदायिक रेडियो विजय एफएम १०१.६ बुधबारदेखी २१औँ वर्षमा प्रवेश गर्दैछ । २१औँ वार्षिकोत्सवको अवसरमा साइकल ¥याली, शुभकामना आदानप्रदान र दीप प्रज्वलन गरी मनाईदैँ छ ।
विजय एफएमको प्राङ्गण गैँडाकोट ८ बाट बिहान ६ बजेदेखी गैँडाकोट ७ गैरी हुँदै गैँडाकोट ६ को गैँडाचोक, गैँडाकोट ५ को नारायणी नदी किनार, गैँडाकोट २ को एसपिएम कलेज, शिलान्यास चोक, प्रहरी चौकी, गैँडाकोट ५ को गणेश मन्दिर, कालिका चोक हुँदै साइकल ¥याली एमएममा नै आएर समापन हुने रेडियोका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो । त्यस्तै बिहान ७ बजेदेखी ९ः३० बजेसम्म रेडियो मार्फत शुभकामना आदानप्रदान, बेलुका ७ बजे विजय एफएममा दीप प्रज्वलन गरिने उहाँले बताउनुभयो ।
‘सत्य तथ्य सूचनाको सञ्चार, जनसशक्तिकरणको मूल आधार’ भन्ने भावसहित २०५७ सालमा परिकल्पना गरिएको विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सामुदायिक रेडियो विजय एफएम १०१.६ आज भन्दा २० वर्षअघि २०६१ साल भाद्र ५ गतेदेखी सञ्चालनमा आएको हो ।
मध्ये नेपालमा अवस्थित विजय एफएम विश्वसनीयताको आधार र स्थानीयको साझेदारका रुपमा काम गरिरहेको छ । एक वर्षको अवधिमा १५ हजार २ सय २ भन्दा बढी मानिसहरूले प्रत्यक्ष सहभागिता जनाइ सामुदायिक रेडियो विजय एफ.एम. १०१.६ मार्फत आÇना विचार, धारणा, सरोकार र समस्याहरू प्रकट गरेको रेडियोका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले अभिलेख राखिएको जानकारी दिनुभयो ।
उहाँले स्थानीय सरोकार, शिक्षा, स्वास्थ्य, वातावरण तथा दिगो विकास, सुशासन र लोकतान्त्रिक मूल्य मान्यताको स्थापना र प्रवर्धन, न्यायपूर्ण समाज, वित्तीय सचेतना, धार्मिक तथा भाषिक उत्थान, बालमैत्री स्थानीय शासन प्राथमिकतामा राखिएको बताउनुभयो ।
उहाँले सार्वजनिक शिक्षा, जनस्वास्थ्य, वित्तीय सचेतना, आधुनिक कृषि, वातावरण संरक्षण, समतामूलक र न्यायिक समाज, बालमैत्री स्थानीय शासन, द्वन्द्व न्यूनीकरण, सबै खालका भेदभाव र हिंसाको न्यूनीकरण, स्थानीय सुशासन, स्थानीय विकास र विकासका प्राथमिकता, कला, साहित्य र परम्परागत नेपाली संस्कृतिको संरक्षण, स्वच्छ निर्वाचन लगायतका विविध विषयमा नागरिकका विचारहरू सङ्कलन, प्रशोधन तथा प्रसारण गरिएको बताउनुभयो ।
संस्थाका अध्यक्ष त्रिलोचन सापकोटाले जनचासोका सवालहरुमा काम गर्न संस्था प्रतिवद्ध रहेको बताउनुभएको छ । सामाजिक सञ्जालका कारण रेडियोका श्रोता केही कम भएपनि यस क्षेत्रमा विजय एफएम उत्तिकै लोकप्रिय रहेको बताउँदै विश्वसनियताका लागि पनि रेडियो सुन्ने गरेको बताउनुभयो । उहाँले रेडियोलाई यस स्थानसम्म ल्याई पु¥याउन सहयोग गर्ने सबैमा आभार समेत व्यक्त गर्नुभएको छ ।
रेडियो तरङ्गसँगै वेभसाइट, फेसबुक, युट्युब, हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्समार्फत समेत रेडियोका सामग्री सुन्न मिल्ने गराएको उपाध्यक्ष गिरीराज लम्सालले बताउनुभयो ।
जिल्लाकै पहिलो र बढी प्रसारण क्षमता रहेको यस रेडियोले सुशासन, सामुदायिक विकास, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, र सञ्चारमा सबैको पहँुच विस्तारका लागि विगत स्थापनाकालदेखी नै अनवरतरुपमा रेडियो तरंग मार्फत सेवा पु¥याउँदै आएको सचिव भानु रिमालले जानकारी दिनुभयो ।
यस सञ्चार माध्यमले शिक्षा, स्वास्थ्य, वित्तीय शिक्षा, विकास र सुशासन, मनोरञ्जन लगायतका क्षेत्रमा काम गर्दै आएको कोषाध्यक्ष विष्णु पन्थीले बताउनुभयो ।
स्थापनाकालदेखि नै आवाजविहीनहरुको आवाजका रुपमा समाजका कुनाकुनासम्म पुगी समाजमा विद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक विभेद, अन्धविश्वास, लैङ्गिक हिंसाको, न्यूनीकरण एवं नागरिकको विकासका लागि अविचलित भई सशक्तरूपमा सूचना तथा सन्देश सञ्चार गर्दै आइरहेको छ ।
यसको अर्को पाटोका रुपमा साप्ताहिक पत्रिका विजय खबर समेत सञ्चालनमा रहेको छ ।