मौलाकालीकामा महाआरती

२०८१ श्रावण ८ मंगलबार ०८:०९:०० मा प्रकाशित


गैँडाकोट । मौलाकालिका मन्दिरमा साउने सोमबारका दिन साँझ महाआरतीको सुरुवात गरिएको छ । हिजो सोमबार साँझबाट महाआरतीको सुरुवात गरिएको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो । मौलाकालिका मन्दिरको आयोजना र मौलाकाली केवलकार प्रा.लीको सहयोगमा महाआरतीको सुरुवात गरिएको हो ।

साउनको सोमबारका दिन महाआरतीमा पुग्ने दर्शनार्थीका लागि मध्यनजर गर्दै मौलाकाली केवलकारले आफ्नो टिकटमा ५० प्रतिशत छुट दिएको केवलकारका स्टेशन म्यानेजर सुरज पौडेलले बताउनुभयो । सोमबार साँझ भएको महाआरतीमा गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारी, वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी, प्रकाश सापकोटा, तेजप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।