यु–१३ फुटबल खेलाडीका लागी प्रदेशबाट नवलपुरका २३ खेलाडी छनोट 

२०८१ बैशाख ५ बुधबार १९:०३:०० मा प्रकाशित


नवलपुर। यु–१३ बर्षको फुटबल खेलाडी छनोटका लागि प्रदेशबाट नवलपुरका २३ खेलाडी छनोट भएका छन् ।

गण्डकी प्रदेशमा हिजो भएको छनौट खेलमा नवलपुरबाट २३ खेलाडी छनोट भएको नवलपुर जिल्ला फुटबल संघका महासचिव लक्षुमण कार्की जानकारी दिनुभयो । जसमा १६ जना छात्र र छात्रा ७ जना रहेका छन् । 

जिल्ला बाट छनोट भएर प्रदेश पुगेका खेलाडी मध्य २३ जना केन्द्रका लागि छनोट भएका हुन । प्रदेशबाट गएका खेलाडी आजदेखी छनोट खेलमा सहभागी हुने छन् ।