इलाममा सुहाङ विजयी

२०८१ बैशाख १८ मंगलबार ०५:३७:०० मा प्रकाशित


गैँडाकोट । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी हुनुभएको हो । सुहाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्नुभयो । नेपाली काँग्रेसका उम्मेदवार २१ हजार ९ सय ४२ मत पाउनुभयो ।

अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी हुनुभएको थियो ।  तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो  । नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो ।  निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएका मिलन लिम्बुले ५ हजार ५० मत पाउनुभयो ।