गैँडाकोट ८ मा दुना टपरी र बत्ती काट्ने प्रतियोगिता 

२०८० फाल्गुण १९ शनिबार १७:२८:०० मा प्रकाशित


गैँडाकोट । महिलामा लगानी ः सभ्य र सम्मुन्नत समाजको थालनी भन्ने नारा सहित गैँडाकोटमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरिएको छ ।

गैँडाकोट नगरपालिका वडा नम्बर ८ को समन्वय तथा कालिका महिला संचालको आयोजनामा शनिवार दुना टपरी लगाउने, बात्ती काट्ने, चम्चा दौड, घैटो फुटाइ र म्युजीकल चियर प्रतियोगिता सम्पन्न भएको छ । 

गैँडाकोट ८ का वडा सदस्य कमला आचार्यले यस्ता प्रतियोगिताले महिलामा उर्जा भर्ने बताउनुभएको छ । महिलाको सिप विकासका लागि वडाले अन्य दिनमा विभिन्न कार्यक्रम संचालन गर्ने उहाँले बताउनुभयो । 

कालिका महिला संञ्जालका उपाध्यक्ष पार्वती ज्ञावलीले आगामी दिनमा पनि यस्ता कार्यक्रम संचालन गर्ने बताउनुभएको छ ।

११४ औँ अन्तराष्ट्रिय नारी दिवसको पुर्व सन्ध्यामा कार्यक्रम गरिएको हो । प्रतियोगितामा सहभागी हुन पाउँदा दिदिबहिनी पनि दंग देखिन्थे । पवित्रा पराजुलीको रिपोर्ट ।