गैँडाकोट इङ्लिस स्कूल गैँडाकोटमा मतदान मार्फत विद्यार्थी नेतृत्व चयन 

२०८० जेठ ११ बिहीबार १७:१५:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट इङ्लिस स्कूल गैँडाकोटमा मतदान मार्फत विद्यार्थी नेतृत्व चयन गरिएको छ । विद्यालयले स्थानीय, प्रदेश र संघको निर्वाचनको झल्को दिने गरी निर्वाचन गरेको हो । निर्वाचन मार्फत लोकतान्त्रिक पद्धतिको प्रयोगात्मक अभ्यास एवम् आफैंले नेतृत्व छनोट गरी व्यावहारिक ज्ञान दिलाउने उद्देश्यका साथ निर्वाचन गराईएको विद्यालयका प्रधानाध्यापक हिरालाल अर्यालले जानकारी दिनुभयो । 
विद्यार्थीहरु आफैले आफ्ना लागि नेतृत्व चयन गरेका हुन् । विद्यार्थीहरुले मतदान प्रक्रियामा सक्रिय सहभागिता जनाएका थिए ।  निर्वाचन अधिकृत, मतदाता, पर्यवेक्षक, पत्रकार सबैको भुमिका विद्यार्थीले नै निभाएको स्कुलका एकेडेमिक कोर्डिनेटर विना कोइरालाले बताउनुभयो ।
विहिवार भएको निर्वाचनमा स्कुल हेडमा विलप्व कुवर र डेपुटी हेडमा आरोही खडका चुनिनु भएको छ । बाल क्लब अध्यक्षमा सचिन पौडेल र उपाध्यक्षमा मानसी लम्साल निर्वाचित हुनुभएको हो । जुनियर रेडक्रस सर्कलको अध्यक्षमा श्रीश्मा  सिग्देल, उपाध्यक्षमा प्राञ्जल पौडेल, ब्लु हाउस क्याप्टेन दर्शन मिश्र र भाइस क्याप्टेनमा प्रविना सिग्देल, यल्लो हाउस क्याप्टेन अनमोल सापकोटा र भाइस क्याप्टेनमा आकृति थापा, रेड हाउस क्याप्टेनमा कृतिका कायस्थ र भाइस क्याप्टेनमा रुपेश कुमार मुखिया, ग्रिन हाउस क्याप्टेन साइमोन महतो र ग्रिन हाउस भाइस क्याप्टेनमा तेजस्वी पन्त निर्वाचित हुनुभएको गैँडाकोट इङ्लिस स्कूल गैँडाकोटका प्लस टु संयोजक जिवन दवाडीले जानकारी दिनुभयो । 
विद्यार्थीले नेतृत्व चयन गर्न सिक्ने, बालिग भएपछि निर्वाचन प्रक्रियामा सहभागि हुँदा मत बदर कम हुने भएकाले नेतृत्व चयनका लागि निर्वाचन गरिएको विद्यालयले जनाएको छ । सामाजिक विषयमा निर्वाचन र यसको प्रक्रियाका बारेमा अध्ययन गर्नुपर्ने भएकाले पनि प्रयोगात्मक सिकाइले दिगो सिकाइमा टेवा पुग्ने विद्यालयको विश्वास छ । 
यसरी मत हाल्न पाउँदा आफ्नो लागि आफैँ नेतृत्व चयन गर्दा विद्यार्थी खुसी भएका थिए ।