नवलपुर जिल्ला तेक्वान्दो संघको वेब एप्लिकेशन उद्घाटन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
नवलपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा संघको वेब एप्लिकेशन उद्घाटन, नेपाल तेक्वान्दो संघ प्रवेश तथा डान प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।
नवलपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष राजु भुषालको अध्यक्षतामा कावासोती–२ स्थित कावासोती खानेपानी हलमा शनिबार कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ गण्डकी प्रदेशका सचिव तेजबहादुर कुँवर क्षेत्रीसहित पाँच वटा डोजाङका २ सय १० जना खेलाडी नेपाल तेक्वान्दो संघमा प्रवेश गरेका छन्।
.jpeg)
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव श्रीधर शर्मा रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगी, कुकिवन नेपाल शाखा कार्यालयका प्रमुख टीका प्रसाद लिम्बु तथा जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनको उपस्थिति रहेको थियो।

त्यस्तै, जिल्ला खेलकुद विकास समिति नवलपुरका उपाध्यक्ष अम्बिका पाण्डे, सचिव नीरज गौतम, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य गोपाल श्रेष्ठ, कावासोती नगर खेलकुद विकास समितिका अध्यक्ष दिपेश खनाल, गण्डकी प्रदेश तेक्वान्दो संघका सदस्यहरू तथा नवलपुर जिल्ला तेक्वान्दो संघका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नवलपुर जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष इन्द्रबहादुर राना मगरले स्वागत मन्तव्य राख्नुभएको थियो। सो अवसरमा नवलपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष राजु भुषालले संघको तर्फबाट भोटेकोशी बाढीपीडितका लागि सहयोगस्वरूप जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनमार्फत ५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा संघलाई प्रविधिमैत्री बनाउने उद्देश्यले तयार गरिएको नवलपुर जिल्ला तेक्वान्दो संघको वेब एप्लिकेशनको उद्घाटन गरिएको थियो। साथै, सहभागी खेलाडीहरूलाई डान प्रमाणपत्रसमेत वितरण गरिएको थियो। पाँच वटा डोजाङका २ सय १० जना खेलाडी नेपाल तेक्वान्दो संघमा प्रवेश गरेसँगै नवलपुरमा तेक्वान्दो खेलको संस्थागत विकास तथा खेलाडीहरूको क्षमता अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमको सहजीकरण नवलपुर जिल्ला तेक्वान्दो संघका सल्लाहकार जगन्नाथ पौडेलले गर्नुभएको थियो।
