अन्तर विद्यालय मैत्रीपूर्ण शिक्षक फुटसल प्रतियोगितामा गैंडाकोट इङ्गलिस स्कूलले प्रथम
गैडाकोट । गैडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद ले आयोजना गरेको अन्तर विद्यालय मैत्रीपूर्ण शिक्षक फुटसल प्रतियोगितामा साईनिङ्ग सेकेण्डरी स्कुललाई गैडाकोट ईङ्ग्लिस स्कुलले ६-१ को गोल अन्तरले विजय हासिल गरेको छ । गैंडाकोट इङ्गलिस स्कूलले प्रथम र साइनिङ्ग इङ्गलिस सेकेण्डरी स्कुलले दोस्रो हुन सफल भएका छन् । फुटसल प्रतियोगितामा सामुदायिक र संस्थागत गरि २० वटा विद्यालय सहभागी थिए । साइनिङ्ग इङ्गलिस सेकेण्डरी स्कुलमा भएको खेलमा पुरस्कार र प्रमाणपत्र प्रदान गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले आगामी दिनमा नगरपालिकाले शिक्षकका लागि शारीरिक तथा बौद्धिक विकासका कार्यक्रम आयोजना गर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण शिक्षा अधिकृत रामप्रसाद अधिकारीले गर्नुभएको थियो ।कार्यक्रममा नगर शिक्षा समिति सदस्य हिरालाल अर्याल , साइनिङ्ग इङ्लिस स्कुलका प्रधानाध्यापक डा.लक्ष्मी दवाडी ,जनक नमुना माविका प्रधानाध्यापक बुद्धिसागर पण्डित , रत्नराज्य माविका प्रधानाध्यापक नवराज काफ्ले ,शिक्षा शाखा प्राविधिक
सहायक नेहाल गौतम लगायतको उपस्थिति रहेको थियो ।