गैंडाकोट नमुना मा.विमा बाल समूह गठन

२०८३ असोज ४ आइतबार ०७:१४:०० मा प्रकाशित

नवलपुर, ३ असोज । बालमैत्री स्थानीय शासन युक्त नगरपालिका अभियान गैंडाकोट नगरपालिकामा अगाडी बढेको छ । सो अभियान अन्तरगत गैंडाकोट नगरपालिका वडा नं २ मा अवस्थित गैंडाकोट नमुना माध्यमिक विद्यालयमा शनिबार सम्पन्न भएको बालबालिकाहरुको भेलाले २५ सदस्यिय गैंडाकोट नमुना बाल समूह गठन गरेको छ ।
समूहको अध्यक्षमा आशिका खड्का, उपाध्यक्षमा जेनित गुरुङ, सचिवमा सुपक मुखिया, कोषाध्यक्षमा जस्मिन पुरी, सह सचिवमा समित सापकोटा, र सदस्यहरुमा साहिल न्यूरे, प्रतिमा भट्टराई, प्रतिमा भण्डारी, सविना क्षेत्री, श्रुती पौडेल, सिवानी वि.क, दिपिका कुमाल, सुरवी रिमाल, दिया गौतम, एन्डिना थापा, बन्दना अधिकारी, पोष्टकमल ठाडा मगर, सन्देश आले मगर, प्रान्जल घिमिरे, प्रजुमा पाण्डे, सभ्यता गौतम, आयुष भुजेल, संयोग शर्मा, श्रीकान्त राई खगोल पाण्डे सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरी बालमैत्री सम्पर्क शिक्षकको रुपमा तुलसीप्रसाद सापकोटा चयन हुनुभएको छ।

कार्यक्रममा बालमैत्री नगर सहजकर्ता जगन्नाथ उपाध्यायले बाल अधिकार, बालमैत्री स्थानीय शासन र बाल समूहको काम कर्तव्य अधिकारका विषयमा सहजीकरण गर्नुभएको थियो ।

गैंडाकोट नमुना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक चन्द्रबहादुर केसीले स्वागत मन्तव्य राख्नुहुँदै बालमैत्री व्यवहार बोली, व्यवहार र संस्कारमा परिवर्तन ल्याउने गरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरि रहेको बताउनुभयो । गैंडाकोट नमुना माध्यमिक विद्यालय बालमैत्री विद्यालयको रुपमा विकास गर्ने गरी संरचनाहरुमा परिवर्तन गरेर अगाडि बढेको सहायक प्रधानाध्यापक केसीले बताउनुभयो ।

कार्यक्रम बालमैत्री सम्पर्क शिक्षक तुलसीप्रसाद सापकोटाले सञ्चालन गर्नुभएको सो भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपककुमार लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो ।