विज्ञापन विवादमा करिश्माको प्रष्टीकरण ः दर्शक झुक्याउने मनसाय कहिल्यै रहेन

२०७९ चैत ९ बिहीबार १२:१७:०० मा प्रकाशित

काठमाडौं । आफूले अभिनय गरेको विज्ञापन विवादमा तानिएपछि अभिनेत्री करिश्मा मानन्धरले यसबारे प्रष्टीकरण दिएकी छन् । उक्त विज्ञापनमा सुधार हुने आशा राख्दै उनले त्रुटि स्वीकारेकी छन् ।
करिश्मा लेख्छिन्, ‘कलाकारको नाताले आफ्ना प्यारा दर्शक झुक्याउने मनसाय कहिल्यै रहेन । त्रुटि मानिसबाटै हुने हो । प्रचारको काममा उपस्थित रहने भएपनि प्रचारको निर्माण सामग्रीमा मेरो हात हुँदैन ।’
प्रतिक्रियालाई सकारात्मक रुपमा लिएको बताउँदै करिश्माले आफ्ना हरेक क्रियाकलापलाई चासोका साथ हेरेर साथ र सुधार्ने मौका दिएकोमा धन्यवाद दिएकी छन् । उनले विज्ञापन बनाउने क्रममा सुझाव दिन सकिने तर निर्माण पक्षले त्यसलाई स्वीकार्न र अस्वीकार गर्न पनि सक्ने भन्दै आफ्नो काम भनेअनुसार गर्नु रहेको बताएकी छन् ।
यो पनि पढ्नुहोस
विज्ञापनलाई लिएर करिश्माको आलोचना किन भइरहेको छ ?
केही दिनअघि सार्वजनिक बोस सोलार हिटरको विज्ञापनलाई लिएर केही दिनदेखि विरोध र टीकाटिप्पणी भइरहेको छ । उक्त विज्ञापनको निर्माण शैली र करिश्माको अभिनयलाई टिप्पणी भइरहेको हो । दर्शकले उक्त विज्ञापन करिश्माको व्यक्तित्वसँग सुहाउँदो नरहेको प्रतिक्रिया दिएका छन् ।