गैँडाकोटका विद्यार्थीहरुद्वारा शैक्षिक सामग्री प्रर्दशनी।

२०७९ फाल्गुण १३ शनिबार ०६:५८:०० मा प्रकाशित

माया कंडेल 

गैँडाकोट नगरपालिकाका बिभिन्न विद्यालयका विद्यार्थीहरु आफुले बनाएका शैक्षिक र विज्ञानसँग सम्बन्धित सामग्री प्रर्दशन गरेका छन् । विद्यार्थीले रोवटदेखि माटो विना खेती गर्ने प्रबिधि, स्मार्ट सिटि लगायतका बिबिध सामग्री सँगै ढिकी, जातो, डोको र भेषभुषाका पहिरनमा सजिएर प्रतिभा प्रस्तुत गरेका थिए । गैँडाकोट नगरपालिका शिक्षा शाखाले प्रतियोगितात्मक शैक्षिक सामग्री प्रर्दशनी कार्यक्रम गरेपछि विद्यार्थीले अवसर पाएका हुन । 

गैँडाकोटका १८ विद्यालयका विद्यार्थी सहभागि भएको सो कार्यक्रममा गैँडाकोट १८ का विद्यार्थी ३ घण्टा हिडेर आफ्नो प्रतिभा सबै सामु प्रर्दशन गर्न गैँडाकोटको कालिका नमुना माध्यामिक विद्यालयमा आइपुगेका थिए । विद्यालयमा गर्दै आएको च्याउ खेतीको नमुना गाउँघरका विभिन्न सामग्रीहरु र शैक्षिक सामग्री प्रर्दशन गरेका हुन । 

गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले विद्यार्थीले क्षमता प्रर्दशन गरेको पक्ष राम्रो लागेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई प्रोत्साहन गर्न र शिक्षा विकासका लागि नगरले काम गर्ने बताउनुभएको छ । 

प्रतियोगितात्मक कार्यक्रम संयोजन गरेको सवद्यालय कालिका नमुना मावीका प्रधानाध्यापक प्रजानाथ कँडेलले व्यवहारिक शिक्षा र प्रयोगात्मक शिक्षालाई प्रर्बद्धन गर्ने यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताउनुभयो । 
यस्तै कालिका नमुना मावीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गैँडाकोट ८ का वडाध्यक्ष प्रेम सापकोटाले सबैको सहयोग र सहकार्यले शिक्षा विकासमा टेवा पुग्ने बताउदैँ यस्ता कार्यक्रमलाई वडाले पनि प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । 
कार्यक्रममा गैँडाकोट १० का वडाध्यक्ष देवीदत्त कँडेल, नगर शिक्षा समिति सदस्य दोलराज पाण्डे, जनक नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक चुडामणि शर्मा कँडेल, गैँडाकोट नमुना बोर्डिङ स्कुलका प्रधानाध्यापक गोपेन्द्रकेशरी न्यौपाने, लगायतले कार्यक्रमले पिद्यार्थीको प्रतिभा निखार्ने भन्दै शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमको आयोजकको रुपमा गैँडाकोट नगरपालिका रहेको थियो भने संयोजन कालिका नमुना माविले गरेको थियो । औपचारिक कार्यक्रमको सञ्चालन कालिकाका सहायक प्रधानाध्यापक राजु पुरीले गर्नुभएको थियो ।