कांग्रेस सभापति महेन्द्रध्वज जिसी प्रदेश सभा सदस्यमा निर्वाचित

२०७९ मङ्सिर ८ बिहीबार १३:३९:०० मा प्रकाशित

कावासोती । गण्डकी प्रदेशको मुख्यमन्त्रीको दावेदार मानिएका पुर्वी नवलपरासीका नेपाली कांग्रेस सभापति महेन्द्रध्वज जि.सि. गण्डकी प्रदेशसभामा निर्वाचित हुनुभएको छ । उहाँ पुर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित हुनुभएको हो । 

यसअघि यस क्षेत्रबाट गण्डकी प्रदेशका बहालवाला मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल निर्वाचित हुनुभएको थियो ।

२०७४ सालको निर्वाचनमा पनि कांग्रेस विजयी भएको यो क्षेत्रमा अहिले कांग्रेस जिल्ला सभापति समेत रहनुभएका महेन्द्र ध्वज जिसीले १५ हजार १ सय ३७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केन्द्रीय सदस्य रविन्द्र अधिकारीले १३ हजार ९ सय ७ मत प्राप्त गर्नुभएको छ । यहाँ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को (क) मा ६३ हजार ५ सय ३५ मतदाता रहेका थिए भने जम्मा खसेको मत ४१ हजार ७ सय ४२ रहेको थियो ।