गैँडाकोटमा बन्ध्याकरण गर्नेमा पुरुषको संख्या धेरै 

२०७९ कार्तिक २० आइतबार १८:४०:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिकामा आज भएको बन्ध्याकरण शिविरमा बन्ध्याकरण गर्नेमा पुरुषको संख्या धेरै छ । सन्तानको रहर पुरा भएका दम्पत्तिले बन्ध्याकरण गर्ने गर्छन् । गैँडाकोटमा १८ जनाले स्थायी बन्ध्याकरण गराएका छन् । जसमध्ये १७ जना पुरुष र १ जना महिला रहेका छन् ।
आइतबार बिहान ८ बजेबाट भएको स्थायी बन्ध्यकरण कार्यक्रमको आयोजना स्वास्थ्य कार्यलय नवलपरासी बर्दघाट सुस्तापूर्वले गरेको थियो । 
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी, नगर उप–प्रमुख शान्ति कोइराला, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बन्ध्याकरण कार्यक्रमको अनुगमन गर्नुभएको थियो । 
कार्यक्रममा उपस्थित सम्पूर्णलाई परिवार नियोजनको बारेमा जानकारी दिदै कार्यक्रम गरेको  स्वास्थ्य कार्यलय गैँडाकोटका हेल्थ असिस्टेन्ट माधव आचार्यले जानकारी दिनुभएको हो ।