नवलपुर मदिरा तथा प्रोभिजनल व्यवसायीको शुभकामना आदन–प्रदान तथा मूल्य सूची वितरण 

२०७९ असोज १३ बिहीबार १३:०३:०० मा प्रकाशित

गैँडाकोट । नवलपुर मदिरा तथा प्रोभिजनल व्यवसायी संघ गैँडाकोट उप समितिले नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दीपावली, नेपाल संवत तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदन–प्रदान तथा मूल्य सूची वितरण गरेको छ । 

गैँडाकोट ५ मा भएको कार्यक्रममा व्यवसायीहरुले व्यावसायीक हितका लागि इमान्दारितामा जोड दिएका थिए । छुट दिने प्रवृतिले व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा देखिने भएकाले व्यावसायीक मर्यदा कायम राखि सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए । 

नवलपुर मदिरा तथा प्रोभिजनल व्यवसायी संघका अध्यक्ष रेशमलाल चापागाईंले बिल बिजक नियमानुसार गरे व्यवसायी हित हुने बताउनुभएको थियो । संघका जिल्ला उपाध्यक्ष महेश सिग्देलले वितरक र ग्राहकको पुलका रुपमा व्यवसायी रहेको बताउँदै युवा व्यवसायीको सक्रियताले व्यवसाय अघि बढेको बताउनुभयो । जिल्ला सदस्य मुक्ति अधिकारीले राज्यलाई सबैभन्दा धेरै कर तिरेपनि राज्यले व्यवसायीको हितलाई ध्यान नदिएको बताउँदै व्यवसायी एकजुट हुनुपर्ने बताउनुभयो । संघका सल्लाहकार पूर्ण खराल राजनले कम्पनीको नियमानुसार डिलर लक्ष्य प्राप्तीतर्फ लाग्ने भएको हुँदा व्यवसायीले धेरै खरिद बिक्रि गर्न सके लाभ हुने बताउनुभयो । वितरक र हाेलसेल बिचमा सधै नङ्ग र मासुकाे जस्ताे सम्बन्ध बनाउन आफुले व्यवसायीको हकहितका निम्ति कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियाे ।

कार्यक्रममा संघका सल्लाहकार प्रविन प्रधान, नेपाल बजार बिक्रि प्रतिनिधि संघ नारायणी क्षेत्रीय समितिका अध्यक्ष सविन लामिछाने लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । नवलपुर मदिरा तथा प्रोभिजनल व्यवसायी संघ गैँडाकोट उप समितिका संयोजक जीवन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य कमलनारायण न्यौपानले स्वागत मन्तव्य एवं सदस्य विमल लम्सालले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।