भरतपुरका औषधि पसलहरुमा अनुगमन गरिने 

२०७९ असोज १ शनिबार १५:०२:०० मा प्रकाशित

भरतपुर ।  भरतपुर महानगरपालिकाका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीले भरतपुरका औषधि पसलहरुमा व्यापक चलखेल भएको जनगुनासो आएको भन्दै छिट्टै अनुगमन गरिने बताउनु भएको छ ।

नेपाल फार्मेसी संघ चितवनले शनिबार भरतपुरमा आयोजना गरेको जिल्ला स्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रमलाई उद्घाटन गर्दै कार्यबाहक नगर प्रमुख अधिकारीले नागरिकको स्वास्थ्य माथी खेलवाड गर्ने छुट कसैलाई पनि नभएको बताउनु भयो । उहाँले सि एम ए अध्ययन गरेका बिद्यार्थीहरुले भरतपुरमा फार्मेसी पसल सञ्चालन गरेको जनगुनासो व्यापक आएको पनि प्रष्ट पार्नुभयो । स्वास्थ्य क्षेत्र मानवका लागि अति नै महत्त्वपूर्ण क्षेत्र भएकोले कुनै पनि ब्यक्ति वा संघ संस्थाले जान अन्जानमा लापरबाही गर्न नहुने उहाँको तर्क छ ।

कार्यक्रममा चितवनका सातै पालिकाका प्रमुख, उप प्रमुख तथा वडा अध्यक्ष,कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरुको सहभागिता रहेको थियोे ।