गैँडाकोट पम्पिङ्गले ५ हजार लिटरभन्दा कम पानी उपभोग गर्नेबाट शुल्क नलिने  

२०७९ असार ३ शुक्रबार १३:२६:०० मा प्रकाशित


गैँडाकोट । गैडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी महसुल छुट गर्ने भएको छ । ५ हजार लिटरभन्दा कम पानी उपभोग गर्ने उपभोक्तालाई कुनैपनि शुल्क नलिने निणर्य गरिएको गैँडाकोट पम्पिङ्ग स्किम खानेपानीका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो । 
कम आयस्रोत भएका उपभोक्तालाई लक्षित गरि यो निणर्य गरिएको उहाँले बताउनुभयो । न्यौपालेले ५ हजार लिटरभन्दा कम पानी उपभोग गर्ने जो काही उपभोक्ताले शुल्क तिर्न नपर्ने बताउनुभएको छ । 
खानेपानी संस्थामा हाल ६ हजार बढी उपभोक्ता रहेका छन् । संस्थाले हाल १० हजार लिटर पानी बराबर ९० रुपयाँ शूल्क लिने गरेको छ ।