विजय एफएमका पत्रकार पवित्रा पराजुली सामुदायिक पत्रकारिता पुरस्कारबाट सम्मानित

२०७८ चैत १० बिहीबार १५:२२:०० मा प्रकाशित


नेपालगञ्ज । सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनमा सामुदायिक सूचना नेटवर्क (सीआईएन) बाट सामुदायिक रेडियो विजय एफएममा कार्यरत पवित्रा पराजुली सामुदायिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को आयोजनामा नेपालगञ्जमा भएको राष्ट्रिय सम्मेलनमा उहाँलाई सम्मान गरिएको हो । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्रप्रसाद बडूले उहाँलाई सम्मान गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले सामुदायिक रेडियोमैत्री कानुन निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

अकोराबका अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोकर्मीको क्षमता विकास र स्थायित्वको लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । वाक स्वतन्त्रताको अभियानमा देशभरि ३ सयभन्दा बढी सामुदायिक रेडियो जोडिएका छन् ।