अर्चना जसले पाइ्न् भारतीय राष्ट्रिय कांग्रेसको टिकट

२०७८ पौष २९ बिहीबार १८:३२:०० मा प्रकाशित

मेरठ : भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धीले १२५ सिटका लागि उम्मेदवारको घोषणा गरेकी छिन् । महासचिव गान्धीले बिहीबार घोषणा गरेका उम्मेदवारको सूचीमा ४० प्रतिशत महिलालाई टिकट दिएको छ ।

उम्मेदवारको लिष्टमा नायिका अर्चना गौतमको समेत नाम रहेबाट भारतीय कांग्रेसी जनतामा उत्साह थपिएको छ । महासचिव गान्धीले अर्चनलाई मेरठको हस्तिनापुरबाट चुनावका लागि टिकट दिएकी छिन् ।

प्रियंका गान्धीले टिकट दिएकी अर्चना सन् २०१४ मा मिस उत्तर प्रदेश बनेकी थिइन् भने त्यसपछि उनी मिस बिकीनी इन्डिया, मिस बिकिनी युनिभर्स इन्डिया र मिस बिकिनी युनिभर्सको विजेता बनेकी थिइन् । त्यस्तै उनले सन् २०१८ मा मलेशियामा मिस कस्मस वल्र्डमा भारतको प्रतिनिधित्व पनि गरेकी थिइन् । उनले सन् २०१८ मा मलेशियामा मिस ट्यालेन्ट २०१८ को उपाधि हात पारेकी थिइन्, त्यसपछि ग्ल्यामरको दुनियामा प्रवेश गरेकी थिइन् ।