गैँडाकोट पम्पिङ स्किम खानेपानी संस्थाको अध्यक्ष पदमा विपिनभक्त अधिकारी निर्वािचत

२०८३ असार १ सोमबार १२:१८:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट ४ मा अवस्थित गैँडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सकिएको छ । आईतवार सम्पन्न मतगणना बाट संस्थाको अध्यक्ष पदमा विपिनभक्त अधिकारी १७२० मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी ज्ञानेन्द्र प्रसाद सापकोटाले ७७२ र दुर्गाजित कुँवरले १९३ मत ल्याउनु भएको छ।

त्यस्तै उपाध्यक्ष पदमा कृष्णप्रसाद काफ्लेले १०३४ मत ल्याई निर्वाचित हुनुभएको छ भने कृष्णप्रसाद पौडेलले ७१३ मत, कृष्ण सापकोटाले ५१४ मत , भूपेन्द्र कुँवरले   ३४८ मत प्राप्त गर्नुभएको छ । सचिव पदमा दामोदर तिवारीले १०६१ मत ल्याई बिजयी हुनुभयो । भने उहाँका प्रतिस्पर्धी रविन्द्रराज घिमिरेले ९७८ मत प्राप्त गर्नुभयो तेस्तै छविलाल सुवेदीले ३३१ मत, तर्कबहादुर थापाले २५८ मत प्राप्त गर्नुभयो । कोषाध्यक्ष पदमा श्रीराम सुवेदीले १२४३ मत ल्याई विजयी हुँदा इश्वरा भट्टराईले ७४३ मत र एकदिव घिमिरले ४७१ मत ल्याउनु भयो ।

तेस्तै सहसचिवमा रुद्रबहादुर थापाले ७४५ मत ल्याई निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी सुनिता लम्साल न्यौपानले ६२३, मेघराज गिरीले ५७४, ओमबहादुर रन्जिता मगरले ५६५ मत ल्याउनु भयो । उता लेखा संयोजकमा भोजेन्द्र पौडेलले १०६५ मत का साथ निर्वाचित हुनुभयो भने उहाँका प्रतिस्पर्धी  हरि प्रसाद गौतमले १०४५ मत प्राप्त गर्नु भएको छ ।  तेस्तै लेखा सदस्यहरूमा विष्णु सापकोटा रिमाल र सन्तबहादुर श्रेष्ठ विजयी हुनुभएको हो ।

तेस्तै महिला सदस्यतर्फ तिर्सना अधिकारी, पद्मादेवी शर्मा सुवेदी, पार्वती पोखरेल र लक्ष्मी पाण्डे घिमिरे निर्वाचित भएका छन्। 

यस्तै क्लस्टर संयोजकमा १ बाट अर्जुन पराजुली, २ बाट नारायण घिमिरे, ३ बाट वेद बन्धु रेग्मी, ४ बाट धनप्रसाद सापकोटा, ५बाट वेद प्रसाद गौडेल र ७ बाट सरस्वती न्युरे निर्वाचित हुनुभएको  छ भने  क्लस्टर ६ का सुन्दर कुमार खड्का र ८ का छबिलाल शर्मा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समिति संयोजकमा जनकराज ढुंगाना ,सदस्यमा दोलराज पाण्डे र रमेश काप्mले रहनु भएको थियो । 

संस्थाले भूमिगत जलस्रोतलाई आधुनिक प्रविधिमार्फत सतहबाट तानेर गैँडाकोटका हजारौँ उपभोक्तालाई २४ सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको छ ।

नवनिर्वाचित पदाधिकारीहरूले संस्थाको गरिमा कायम राख्दै उपभोक्तामुखी सेवा, पारदर्शी व्यवस्थापन तथा गुणस्तरीय खानेपानी आपूर्तिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।