भलिबल कप २०२६ मा सहभागी नवलपुर समाज जापानको टोलीलाई सफलताको शुभकामना 

२०८३ जेठ ३१ आइतबार १२:१९:०० मा प्रकाशित

नवलपुर । जापानमा आयोजना हुने पुरुष तथा भेट्रान्स भलिबल कप २०२६ मा सहभागी हुन लागेको नवलपुर समाज जापानको टोलीलाई सफलताको शुभकामना व्यक्त गरिएको छ।

नेपाल कल्याण समाज जापानद्वारा आगामी जुन १६ तारिख (मंगलबार) कानागावा–केनको हाकोने–माचीस्थित मोतोहाकोने खेल मैदानमा आयोजना गरिने प्रतियोगितामा नवलपुर समाज जापानको प्रतिनिधित्व गर्दै सहभागी हुने सम्पूर्ण खेलाडी तथा अफिसियल टोलीलाई समाजले हार्दिक बधाई तथा सफलताको शुभकामना दिएको नवलपुर समाज जापानका अध्यक्ष सुरेश सापकोटाले जानकारी दिनुभयो।

जापानमा रहेका नवलपुरबासीहरूको सुखदुःखमा साथ दिँदै विभिन्न सामाजिक तथा विशिष्ट  व्यक्ति सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको नवलपुर समाज जापानले पहिलो पटक खेलकुदको माध्यमबाट नवलपुरलाई जोड्ने उद्देश्यसहित प्रतियोगितामा सहभागिता जनाएको हो।

समाजले टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै खेलभावना, अनुशासन, आपसी एकता र सहकार्यको उदाहरण प्रस्तुत गर्ने विश्वास व्यक्त गरेको छ। साथै प्रतियोगितामार्फत समाजको प्रतिष्ठा अझ उचाइमा पु¥याउँदै सफल र स्मरणीय यात्रा तय गर्न सम्पूर्ण खेलाडीहरूलाई शुभकामना दिइएको छ।

खेलाडीहरूको आत्मविश्वास, टोलीको एकता र निरन्तर प्रयास नै सफलताको आधार रहेको उल्लेख गर्दै समाजले प्रतियोगितामा उत्कृष्ट नतिजाको अपेक्षा गरेको जनाएको छ।