गैँडाकोट पम्पिङ स्किम खानेपानी संस्थाको निर्वाचन सम्पन्न, ४४ प्रतिशत मत खस्यो

२०८३ जेठ ३० शनिबार १९:०७:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सातौँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनमा ४४ प्रतिशत मत खसेको छ।

 

निर्वाचन समितिका अनुसार कुल ६ हजार ६ सय ९२ मतदातामध्ये २ हजार ९ सय ४५ जनाले मतदान गरेका छन्। जनक नमुना माध्यमिक विद्यालय, आदर्श ब्लक परिसर, गैँडाकोट-५ मा बिहानदेखि सञ्चालन भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन संयोजक जनकराज ढुंगानाले जानकारी दिनुभयो ।

 

निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, लेखा संयोजक तथा सदस्य पदका लागि प्रतिस्पर्धा भएको थियो। मतदान सम्पन्न भएसँगै मतपेटिका सुरक्षित राखिएको र मतगणना प्रक्रिया आजै राति १० बजेपछि सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

 

मतगणना सम्पन्न भएपछि अन्तिम परिणाम सार्वजनिक गरिने तथा निर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण कार्यक्रमसमेत आयोजना गरिने निर्वाचन संयोजक ढुंगानाले बताउनुभयो । निर्वाचनमा उपभोक्ताहरूको उत्साहजनक सहभागिता रहेको उहाँको भनाइ छ ।