जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्ति दिन आयोगको सिफारिस
काठमाण्डौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाहरूको छानबिन गरी सरकारलाई विभिन्न सिफारिससहितको प्रतिवेदन सार्वजनिक गरेको छ।आयोगले भदौ २४ गतेको आन्दोलन र आगजनीमा परी ज्यान गुमाएका २१ जनामध्ये पहिचान खुलेका ९ जनाका परिवारलाई अन्य आन्दोलनका मृतक सरह राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गरेको छ भने बाँकी पहिचान हुन नसकेका १२ जनाको खोजी गरी उनीहरूका हकवालालाई पनि समान प्रकृतिको राहत दिन माग गरेको छ ।
यसैगरी, सोही दिन सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका १० जना कैदीबन्दी तथा बालबन्दीको घटनामा सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।