रास्वपा सभापति लामिछानेसहित चार जनामाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित चार जनामाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ । आयुक्त लिली थापाको नेतृत्वमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनासँग सम्बन्धित छानबिन समितिले कारबाही सिफारिस गरेको हो । उक्त छानबिन समितिले रवि लामिछाने, नख्खुका जेलर सत्यराज जोशी, सांसदहरू मनिष झा र हरि ढकाललाई समेत शंकाको घेरामा राखेको हो । उनीहरूमाथि सूक्ष्म अनुसन्धान गरी दोषी पत्ता लगाई कानून बमोजिम कारबाही गर्न सिफारिस गरेको हो।