गैँडाकोटमा ट्रयाक्टरको नयाँ भाडादर निर्धारण

२०८३ जेठ १३ बुधबार १९:०७:०० मा प्रकाशित

गैँडाकोट ।  गैँडाकोट नगरपालिकाले नगर क्षेत्रभित्र कृषि कार्यका लागि प्रयोग हुने ट्र्याक्टरको नयाँ भाडादर तोकेको छ। कृषि प्रयोजनका लागि गरिने खनजोत र चुटानी कार्यको सेवा शुल्कमा एकरूपता ल्याउन नगरपालिकाले यस्तो निर्णय गरेको हो । नगरपालिकाको १४ औँ नगर कार्यपालिका बैठकले कृषक र ट्र्याक्टर सञ्चालक दुवैको हितलाई ध्यानमा राख्दै नयाँ दररेट पारित गरेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिनुभयो।

 

नयाँ व्यवस्था अनुसार अब कल्टिभेटर र हाईरो वा तावा हलोबाट खेत जोतेको प्रतिघण्टा ३ हजार रुपैयाँ शुल्क लाग्नेछ। यसैगरी, रोटाभेटरबाट जोताई गर्दा र थ्रेसर प्रयोग गर्दा प्रतिघण्टा ३ हजार ३ सय रुपैयाँ तिर्नुपर्ने नगरपालिकाले जनाएको छ ।