एसियन महिला छनोटः चीनमाथि नेपालको जित
काठमाडौं । नेपाली महिला टोलीले एसियन गेम्स महिला छनोटअन्तर्गत चीनमाथि १९ रनको जित हासिल गरेको छ । मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीन निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रनमा समेटियो । नेपालका लागि रिया शर्माले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिइन् ।
त्यस्तै, मनीषा उपाध्याय, कविता कुँवर र पूजा महतोले समान १÷१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएकोे थियो । अब नेपालले भोलि बिहीबार इन्डोनेसियासँग खेल्नेछ ।