३६ लाख ४१ हजारले पाए सामाजिक सुरक्षा भत्ता

२०८३ जेठ १३ बुधबार १९:१३:०० मा प्रकाशित

काठमाडौँ । नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताको दायरा फराकिलो हुँदै गएको छ।  सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२÷८३ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म देशभर कुल ३६ लाख ४१ हजार ८ सय ४४ जना नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । कुल लाभग्राहीमध्ये ज्येष्ठ नागरिकको संख्या सबैभन्दा ठुलो देखिएको छ । प्रतिवेदन अनुसार ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक मात्रै १६ लाख ८० हजार ६६ जना (कुल लाभग्राहीको ४६.१४ प्रतिशत) रहेका छन् ।

 

यस्तै, ६० वर्ष पुगेका दलित ज्येष्ठ नागरिकको संख्या १ लाख ५२ हजार ७ सय ९ र तोकिएको क्षेत्रका ज्येष्ठ नागरिकको संख्या १६ हजार ४ सय ७२ रहेको छ । साथै २ लाख २ हजार ७९ जना ज्येष्ठ एकल महिला र ३ लाख ६१ हजार ५ सय १९ जना एकल महिलाले भत्ता प्राप्त गरेका छन् ।