मौलाकालिका मन्दिरमा दर्शनार्थीहरुको घुइँचो 

२०७८ असोज २७ बुधबार १३:४६:०० मा प्रकाशित


गैँडाकोट । बडादसैँको आठौँ दिन आज प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरमा दर्शनार्थी भक्तजनहरुको घुइँचो लागेको छ ।

घटस्थापनाकै दिनदेखि मन्दिरमा चहपहल बढेको भएपनि अन्य दिनको तुलनामा आज भिड बढि थियो । मन्दिरभित्र दर्शन गर्न लाइनको व्यवस्था गरिएको थियो । जिल्लामा निषेधाज्ञा हटेसँगै मन्दिरभित्र प्रवेश दिईएको थियो । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले कोरोना महामारीको जोखिम कम हुँदै गएकाले भक्तजनको चाप बढेको बताउनुभयो ।

मन्दिरमा आज कालरात्री विशेष पूजा हुँदै छ ।

मौलाकालिका मन्दिरबाट बिहान विजय एफएम १०१.६ ले प्रत्यक्ष प्रसारण मार्फत बडादशैंको शुभकामना आदान प्रदान गरेको थियो ।