राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार थप तीन अध्यादेश जारी गर्नुभएको छ। उहाँले यसअघि बिहीबार र शुक्रबार गरी तीन अध्यादेश जारी गर्नुभएको थियो ।शनिबार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरिएको हो ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकारमा सिफारिसमा राष्ट्रपति पौडेलले तीन वटा अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाउनुभएको छ । यसअघि शुक्रबार राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गर्नुभएको थियो । त्यस्तै, बिहीबार सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ र सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गरिएको थियो ।
सरकारले आठ वटा अध्यादेश पठाएको थियो । त्यसमध्ये ६ वटा अध्यादेश जारी भएका छन्। अझै दुई वटा अध्यादेश राष्ट्रपतिको कार्यालयमा विचाराधीन छन्।
